Monday, March 11, 2024

जसपा संसदीय दलको बैठक बस्दै

 काठमाडौँ । प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत लगायतको विषयमा निर्णय गर्नका लागि जनता समाजवादी पार्टीले संसदीय दलको बैठक बोलाएको छ । बैठक अपराह्न ४ बजेका लागि बोलाइएको जसपाका कार्यकारिणी सदस्य एवं प्रतिनिधि सभा सदस्य राजकिशोर यादवले बताए ।


सत्ता गठबन्धनमा जसपा सहभागी छ भने सो पार्टीबाट अध्यक्ष उपेन्द्र यादवसहित दुई जना मन्त्री बनेका छन् । यस्तै प्रधानमन्त्री प्रचण्डले बुधबार  विश्वासको मत लिँदैछन् ।


0 comments have been Posted:

Post a Comment