Monday, July 20, 2020

गुल्मीमा नेपाल स्वयंसेवक संघद्धारा धार्मिक स्थल रेसुङ्गा क्षेत्र सरसफाइ कार्यक्रम समपन्न

गुल्मी:नेपाल स्वयंसेवक संघ जिल्ला कार्य समिति गुल्मीले आज एक कार्यक्रमका बिच गुल्मीको एतिहासिक धार्मिक  स्थल रेसुङ्गा क्षेत्रमा सरसफाइ कार्यक्रम समपन्न गरेको छ।
मौसम  प्रतिकुलताको बाबजुद  कोरोनाको कहरको बेलामा सामाजिक दुरि कायम गरि  सस्थाले सरसफाइ कार्यक्रम समपन्न गरेको छ ।
यो सस्थाले  नेपालभर अहिलेसम्म ६० जिल्लामा समिती बिस्तार  गरेको र २० भन्दा बढी जिल्लामा कार्यक्रम समपन्न गरेको र यस बर्ष बाट गुल्मी जिल्लामा पनि गठन भई सामाजिक कार्यक्रम गर्नको निमित्त लागिपर्ने सस्थाका अध्यक्ष चुरामणी पाण्डेले जानकारी दिनुभएको छ।
 पहिलो चरणमा अर्जुन भगवती मान्दिर र दोस्रो चरणमा रेसुङ्गा क्षेत्रमा मा आज  सरसफाइ गरिएको छ। र त्यसपछि गुल्मीको विभिन्न धार्मिक एवं पर्यटकिए स्थलहरुमा  सरसफाइ साथै सामाजिक काम गर्ने अध्यक्ष पाण्डेले बताउनु भएको छ। कार्यक्रममा सम्पुर्ण कुरा प्रस्ट पार्दै अध्यक्षले भने उक्त संस्थाले स्थानीय तह देखि केन्द्र सम्म काेहि कतै नेपाली नागरिकले बिना डरधम्की स्वतन्त्रता को महसुस गर्न सक्ने वातावरण सिर्जना गर्नु, आफ्नै देशमा रोजगारीको अवसर प्राप्त गर्न सक्ने वातावरण बनाउन सम्बन्धित निकायलाई खबरदारी गर्नु, बाँचौ र बचाऔँको अबधारणालाई  व्यवहारमा उतार्न प्रयत्न गर्नु, देशमा कुनै किसिमको बिकृती अन्त्य गर्न प्रयत्नगर्नु,चोरिडकैती,घुसपैठ, बलात्कार जस्ता आपराधिक क्रियाकलाप नेपाल स्वयंसेवक संघले गुल्मी जील्लामा पूर्ण रुपमा अन्त्य गर्ने सस्था का अध्यक्ष ले बताए ।यो सस्था निस्वार्थ सामाजिक काम गर्ने उदेश्यले जिल्लामा ल्याइएको र यस सस्थामा कुनै किसिमको राजनीतिक नहुने पनि बताए  ।
सरसफाइ कार्यक्रममा सस्थाका  अध्यक्ष चुरामणि पाण्डे ,उपाध्यक्ष कल्पना घर्ती ,सचिव दिपेन्द्र खत्री ,सह-सचिव सरस्वती बिक, कोषाध्यक्ष गोकर्ण  पाण्डे ,सदस्यहरु  अर्जुन थापा,मनिषा खनाल,अनिल महत्त,सन्तोष बस्नेत,प्रतिमा कुवर काे उपस्थित रहेको थियो।
आजको सरसफाई कार्यक्रममा रि.ईश्र्वर फाउन्डेसनले मास्क ग्लोब्स लगाएतका सामाग्री प्रदान गरेको थियो।

0 comments have been Posted:

Post a Comment